दफा २८६
लुटपिट गर्न नहुने

(१) कसैले लुटपिट गर्नु वा गराउनु हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनका लागि कसैले आफ्नाे हक नपुग्ने वा अन्य कसैको स्वामित्व, जिम्मा वा नियन्त्रणमा रहेकोसम्पत्ति चोरी वा ठगी गरेको अवस्थामा बाहेक अरु कुनै किसिमले जबर्जस्ती गरी वा नगरी खोसी, धरपकड वा लछारपछार गरी वा त्यस्तो गर्ने धम्की दिई लैजाने वा हानि, नोक्सानी गर्ने नियतले कुनै काम गरेमा लुटपिट गरेकोमानिने छ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा लुटपिट गरेको विगोको पच्चीस प्रतिशतसम्मजरिबाना वा दुवै सजाय हुनेछ र लुटपिट भएको सम्पतिको विगो कसूरदारबाट पीडितलाई भराई दिनु पर्नेछ ।